Date Monday, 2018 Jul 16
Studio Time 04:20:00 NST
News »
अन्तरास्ट्रिय
उत्तर कोरियाली शासक किम जोङ उन रेल चढेर चीन पुगेको पुष्टी

काठमाडौं, चैत १४ । उत्तर कोरियाली शासक किम जोङ उन चीन पुगेको पुष्टी भएको छ ।

चिनियाँ सरकारी समाचार एजेन्सी सिह्न्वाले किम चीन आएको पुष्टी गरेको हो । केही दिनको अड्कलबाजीका बीच किम चीन पुगेको प्रमाणित भएको हो ।

बेइजिङमा चिनियाँ राष्ट्रपति जी शिनपिङले उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गरेको पनि समाचारमा उल्लेख छ । भेटवार्तालाई सफल भएको दावी गरिएको छ ।

यसअघि जापान र दक्षिण कोरियाले यसरी अचानक चीन आएको व्यक्ति किम नै हुनसक्ने आशंका गरेका थिए ।

जापानी संचार माध्यमहरुले उत्तर कोरियाको कूटनीतिक रेलमार्फत उच्च उत्तर कोरियाली नेतृत्व बेइजिङ पुगेको र यस क्रममा उच्च सुरक्षा सतर्कता अपनाइएको उल्लेख गरेको थियो ।

किमका बुबा किम जोङ इलले चीन भ्रमण गर्दाको अवस्थासँग दाँज्दै उत्तर कोरियाली रेलको तस्वीरसमेत सार्वजनिक गरिएको थियो ।


किम सन् २०११ मा सत्तामा आएपछि किमको यो पहिलो विदेश भ्रमण मानिएको छ । (एजेन्सी) 

Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...