Date Sunday, 2018 Aug 19
Studio Time 04:20:00 NST
News »
अन्तरास्ट्रिय
उत्तर कोरियामा सिंगापुरको कम्पनीले सामान निर्यात गरेको दाबी, अनुसन्धान हुँदै

 

काठमाडौं, फागुन २९ । उत्तर कोरियामाथि अन्तर्राष्ट्रिय नाकाबन्दीका बाबजुद सिंगापुरको कम्पनीले विलासिताका सामान निर्यात गरेको दाबी गरिएको छ ।

काठमाडौं, फागुन २९ । उत्तर कोरियामाथि अन्तर्राष्ट्रिय नाकाबन्दीका बाबजुद सिंगापुरको कम्पनीले विलासिताका सामान निर्यात गरेको दाबी गरिएको छ ।

संयुक्त राष्ट्रसंघमा चुहिएको प्रतिवेदनमा यस्तो दाबी गरिएको हो । यससम्बन्धी अन्तिम रिपोर्ट सुरक्षा परिषद्मा पेश गरिसकिएको छ र यो यसै हप्ताभित्र प्रकाशित गरिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सिंगापुरको कम्पनीले नाकाबन्दी उल्लंघन भएको प्रमाणित भए यस्तो कार्य एसियाबाट विस्तार भएको हुन सक्ने आशंका जन्माउने बताइएको छ ।

सिंगापुर सरकारले घटनाबारे सचेत रहेको भन्दै अनुसन्धान शुरु गरेको छ । राष्ट्रसंघ र सिंगापुर दुबैले उत्तर कोरियामाथि सामान बिक्रीमा प्रतिबन्ध लगाएका छन् ।

प्योङयाङले लगातार आणविक कार्यक्रम अगाडि बढाइरहेपछि दुई वर्ष यता अन्तर्राष्ट्रिय प्रतिबन्ध थप कडा पारिएको छ ।(एजेन्सी) 

Program Schedule
Namaste Tamor 6.45PM - 7.30PM Radio Oprning 5.00PM - 12.00AM Bhasa Bhasika Songs 5.00PM - 5.10PM Limbu News 5.10PM - 5.20PM Add & Songs 5.20PM - 5.30PM Asako Badi 5.30PM - 6.00PM View all
Dedicate A Song
Public Poll

Loading...