Date Thursday, 2018 May 24
Studio Time 04:20:00 NST
News »
खेलकुद
टी २० क्रिकेट : बंगलादेशले श्रृलङ्कालाई ५ विकेटले हरायो

फागुन २७ – भारत, श्रीलंका र बंगलादेश सम्मिलित त्रिकोणात्मक क्रिकेट सिरीजको तेस्रो ‘टी–२०’ खेलमा बंगलादेशले श्रीलंकालाई ५ विकेटले पराजित गरेको छ । 

कोलम्बोमा गएराति भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १४ रन बनाएको थियो । उसका लागि कुशल परेराले ७४ तथा कुशल मण्डिसले ५७ र उपल थरङगाले ३२ रनको योगदान गरे । बलिङतर्फ बंगशलादेका मुस्ताफिकुर रहमानले ३ तथा महमुदुल्लाहले २ विकेट लिए । 

जवाफमा कीर्तिमानी लक्ष्य बंगलादेशले १९ ओभर ४ बलमा ५ विकेट गुमाउदै पूरा गर्यो । उसका जितमा मुस्किफुर रहिमले अविजीत ७२ तथा तमिम इक्वालले ४७ र लिटोन दाशले ४३ रन बनाए । यसतै सौम्य सरकारले २४ र कप्तान ममुदुल्लाहले २० रनको योगदान गरे । 


टी–२० क्रिकेटमा बंगलादेशले पहिलो पटक यति ठूलो लक्ष्य पछ्याउँदै जित निकालेको हो । 

Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...