Date Sunday, 2018 Aug 19
Studio Time 04:20:00 NST
News »
देश
एम्बुलेन्स कुर्दाकुर्दै मृत्यु

 

जुम्ला, फागुन २७ । पातारासी गाउँपालिका–४ का धनबहादुर बुढालाई शनिबार दिउँसो उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटैमा मृत्यु भयो ।

जुम्ला, फागुन २७ । पातारासी गाउँपालिका–४ का धनबहादुर बुढालाई शनिबार दिउँसो उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटैमा मृत्यु भयो ।

४२ वर्षीय उनलाई दमको व्यथाले च्यापेपछि बिहान घरबाट स्ट्रेचरमा बोकेर ल्याउँदै गर्दा ज्यान गएको हो ।

घरबाट साढे दुई घन्टा बोकेर ल्याएपछि उर्थुचौतारामा एम्बुलेन्सको प्रतीक्षा गर्दागर्दै उनको निधन भएको हो ।

यसअघि पनि पातारासीकै विभिन्न बस्तीबाट उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा धेरै बिरामीको अकालमा ज्यान गएको छ ।

अकस्मात् चोटपटक लाग्दा होस् वा प्रसूति व्यथा लाग्दा, बिरामी अस्पतालसम्म पुग्नै भ्याउँदैनन् ।

‘घरसम्म एम्बुलेन्स पुगेको भए बाबाले ज्यान गुमाउनुपर्ने थिएन’, मृतकका छोरा लालु बुढाले भने, ‘गाउँपालिकाको एम्बुलेन्स खोज्दा भेटिएन ।

प्रतिष्ठानको एम्बुलेन्स बोलाउन र पुग्न ढिलाइ हुँदा बाबाको मृत्यु भयो । सामान्य अक्सिजन नपाएरै बुबाले ज्यान गुमाउनुपरेको उनले गुनासो गरे ।

उनका अनुसार बुबाको मृत्युपछि बल्लतल्ल पुगेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एम्बुलेन्सले आतेजाते १२ सय भाडा पनि असुल्यो ।

पातारासी गाउँपालिकाका धेरैजसो आपतकालीन बिरामीलाई घरायसी तथा प्राथमिक उपचारपछि स्टे«चरमा बोकेर थप उपचार गर्न प्रतिष्ठान लैजाँदै गर्दा ढिलो भएका कारण बाटोमै ज्यान गुमाउनुपरेको स्थानीय महिला स्वास्थ्य स्वयंसेविका मैया महताराले बताइन् । -अन्नपूर्णपोष्ट दैनिकबाट 

Program Schedule
Namaste Tamor 6.45PM - 7.30PM Radio Oprning 5.00PM - 12.00AM Bhasa Bhasika Songs 5.00PM - 5.10PM Limbu News 5.10PM - 5.20PM Add & Songs 5.20PM - 5.30PM Asako Badi 5.30PM - 6.00PM View all
Dedicate A Song
Public Poll

Loading...