Date Sunday, 2018 Aug 19
Studio Time 04:20:00 NST
News »
अन्तरास्ट्रिय
मेमा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमलाई भेट्ने

फागुन २५ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाका नेता किम जोङ उनसँग वार्ताका लागि तयार हुनुभएको छ । 

दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ इयू योङले ह्वाइटहाउसमा भन्नुभयो, ‘ मेमा राष्ट्रपति ट्रम्पले किम जोङ उनलाई भेट्नु हुनेछ ।’चुङले किम जोङ उनले भविष्यमा परमाणु बम तथा मिसाइलको परीक्षणसमेत नगर्ने आश्वासन दिएको बताउनुभयो । 

यो अप्रत्याशित घोषणा दक्षिण कोरियाली प्रतिनिधिमण्डलले उत्तर कोरियाली नेतासँग गरेको कुराकानीपछि आएको हो ।

एउटा प्रेस कन्फेरेन्समा दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङले भन्नुभयो, ‘हामीले राष्ट्रपति ट्रम्पलाई भन्यौँ कि भेटघाटको समयमा किम जोङ उन निसश्त्रीकरणका लागि प्रतिवद्ध हुनुहुन्छ । राष्ट्रपति ट्रम्पले त्यसपछि मेमा किमसँग भेटेर स्थायी रुपमा नै निसश्त्रीकरण हासिल गर्न चाहेको बताउनुभयो ।’


उत्तर कोरिया र दक्षिण कोरियाबीचको सम्बन्धमा शीतकालीन ओलम्पिकपछि सुधार आएको छ ।  

Program Schedule
Namaste Tamor 6.45PM - 7.30PM Radio Oprning 5.00PM - 12.00AM Bhasa Bhasika Songs 5.00PM - 5.10PM Limbu News 5.10PM - 5.20PM Add & Songs 5.20PM - 5.30PM Asako Badi 5.30PM - 6.00PM View all
Dedicate A Song
Public Poll

Loading...