Date Thursday, 2018 May 24
Studio Time 04:20:00 NST
News »
खेलकुद
क्रिष्टल प्यालेसलाई हराउँदै म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा फर्कियो

 

काठमाडौं, फागुन २२ । क्रिष्टल प्यालेसलाई हराउँदै म्यान्चेस्टर युनाईटेड इङ्गलिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा फर्किएको छ ।

काठमाडौं, फागुन २२ । क्रिष्टल प्यालेसलाई हराउँदै म्यान्चेस्टर युनाईटेड इङ्गलिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा फर्किएको छ ।

गएराति भएको खेलमा २-० ले पछि परेको अवस्थालाई उल्टाउँदै म्यान्चेस्टर युनाईटेड ३-२ ले विजयी भएको हो ।

खेलमा क्रिष्टल प्यालेसका एन्ड्रोस टाउनसेन्ड र प्याट्रिक भान आनहोल्टले दुई गोल गरेपछि पह्लिो हाफमा म्यान्चेस्टर युनाईटेड २-० ले पछि पर्‍यो ।

दोस्रो हाफमा क्रिस स्मलिङ र रोमेलु लुकाकुले एक एक गोल गरेपछि म्यान्चेस्टर युनाईटेड खेलमा फर्कियो ।

अतिरिक्त समयमा नेमान्जा माटिचले एक गोल गर्दै म्यान्चेस्टर युनाईटेडलाई विजयी गराए ।

जितसँगै म्यान्चेस्टर युनाईटेडले तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीसँगको अंक दुरी घटाएर १६ अंकमा सिमित गरेको छ ।

२९ खेलबाट सिटीको ७८ अंक छ भने युनाईटेडको ६२ अंक छ । ६० अंकका साथ लिभरपुल तेस्रो स्थानमा रहेको छ । 

Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...