Date Sunday, 2018 Aug 19
Studio Time 04:20:00 NST
News »
प्रवास
मक्का मदिना जाने नेपाली हजयात्रीलाई सरकारले विशेष खोप लगाइदिने

 

काठमाडौं, फागुन १६ । सन् २०१८ मा साउदी अरबको मक्का मदिना जाने हजयात्रीलाई सरकारले विशेष खोप लगाइदिने भएको छ । १५ सय हजयात्रीलाई विभिन्न सरुवारोगविरुद्धको खोप दिने भएको हो ।

‘मुस्लिम समुदायबाट विश्वका लाखौँ सहभागी हुने भएकाले विभिन्न रोग संक्रमण हुन सक्छ,’ नेपाल हज समितिका अध्यक्ष मोहमद सोयले भने, ‘जोखिमबाट जोगिन त्यहाँ जाने १५ सय नेपालीलाई सरुवारोगविरुद्धको खोप दिन लागिएको हो ।’

मक्का मदिना हज ५४ दिनसम्म चल्छ । सोयदका अनुसार १६ देखि २२ साउनभित्र अरब पुगिसक्नुपर्नेछ । ४ देखि ९ भदौसम्म मक्का मदिनामा २४सै घन्टा हज गरिने उनले बताए ।

गृह मन्त्रालयअन्तर्गतको नेपाल हज समितिको सचिवालयले हजमा सहभागी हुने १५ सयलाई विशेष खोप दिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको हो । त्यहाँ सरुवारोगको जोखिम भएकाले आफ्ना नागरिकलाई खोप दिन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उनीहरूलाई मेनेन्जाइटिस, पोलियो, भाइरल फ्लु र इन्फ्लुन्जाविरुद्धको खोप लगाइने भएको हो । –नयाँ पत्रिका दैनिकबाट 

Program Schedule
Namaste Tamor 6.45PM - 7.30PM Radio Oprning 5.00PM - 12.00AM Bhasa Bhasika Songs 5.00PM - 5.10PM Limbu News 5.10PM - 5.20PM Add & Songs 5.20PM - 5.30PM Asako Badi 5.30PM - 6.00PM View all
Dedicate A Song
Public Poll

Loading...