Date Sunday, 2018 Aug 19
Studio Time 04:20:00 NST
News »
राजनीति
कांग्रेसले छाया सरकार बनाउने, छाया मन्त्री पनि चयन गर्ने

 

काठमाडौं, फागुन १३ । कांग्रेसले बाम गठबन्धनको सरकारलाई निगरानी गर्न छाया सरकार बनाउने निर्णय गरेको छ ।

काठमाडौं, फागुन १३ । कांग्रेसले बाम गठबन्धनको सरकारलाई निगरानी गर्न छाया सरकार बनाउने निर्णय गरेको छ ।

निर्बाचनपछि बसेको संसदीय दलको पहिलो बैठकले शनिबार संघीय संसदको विधान पारित गर्दै दलका नेताको नेतृत्वमा छाया सरकार गठन गर्ने निर्णय गरेको हो ।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले डा. मीनेन्द्र रिजालले प्रस्तुत गरेको संघीय संसदको विधान पारित गरेको छ ।

केन्द्रमा सरकारले जति मन्त्रालय गठन गर्छ त्यसैअनुसार छाया मन्त्री चयन गर्ने तयारी कांग्रेसको छ । छाया मन्त्रीले सम्बन्धीत मन्त्रालयको हरेक गतिविधिलाई निगरानी गर्नेछ ।

प्रजातान्त्रिक मुलुकमा सरकारका गतिविधि निगरानी गर्न छाया सरकार गठनगर्ने प्रचलन रहेको भन्दै कांग्रेसले त्यसको तयारी गरेको हो । -अन्नपूर्ण पोष्ट दैनिकबाट 

Program Schedule
Namaste Tamor 6.45PM - 7.30PM Radio Oprning 5.00PM - 12.00AM Bhasa Bhasika Songs 5.00PM - 5.10PM Limbu News 5.10PM - 5.20PM Add & Songs 5.20PM - 5.30PM Asako Badi 5.30PM - 6.00PM View all
Dedicate A Song
Public Poll

Loading...