Date Sunday, 2018 Aug 19
Studio Time 04:20:00 NST
News »
राजनीति
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष भन्छन्– उनीहरुले यो नाम राखे मुद्दा हाल्छु

 काठमाडौं, फागुन ९ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले एमाले र माओवादी केन्द्रबीच एकतापछि एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने भनिएकोमा आश्चर्य प्रकट गरे ।

आज प्रकाशित नयाँ पत्रिका दैनिकबाट उनको भनाई जस्ताको तस्तै–

नेपाल कम्युनिस्ट पार्टी ०६९ मा निर्वाचन आयोगमा दर्ता गरेका हौँ । तर, अहिले आएर एमाले–माओवादीले पनि एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी नै राख्ने सहमति गरेको मैले पनि सुनेको छु ।

उहाँहरूले पनि दल दर्ता गर्ने त निर्वाचन आयोगमै होला । सडकमा दर्ता गरेर त दल बन्दैन होला । सत्ताको दबाबमा आयोगले दुईवटा पार्टीलाई एउटै नाम दिन्छ भन्ने मलाई लाग्दैन । त्यसो भयो भने हामी जाने अदालतमै हो ।

हाम्रो र उनीहरूको पार्टीको विचार नै मिल्दैन । त्यसैले एकताको कुनै सम्भावना नै छैन । तर, यतिखेर हामीलाई बडो अचम्म लाग्या छ । जो विचारमा कम्युनिस्ट नै छैन, उसलाई किन कम्युनिस्ट पार्टी नाम चाहिएको हो ? तर, उनीहरूलाई चाहियो भन्दैमा हामीले दिने कुरै छैन ।

Program Schedule
Namaste Tamor 6.45PM - 7.30PM Radio Oprning 5.00PM - 12.00AM Bhasa Bhasika Songs 5.00PM - 5.10PM Limbu News 5.10PM - 5.20PM Add & Songs 5.20PM - 5.30PM Asako Badi 5.30PM - 6.00PM View all
Dedicate A Song
Public Poll

Loading...