Date Monday, 2018 Jun 25
Studio Time 04:20:00 NST
News »
खेलकुद
सन्दीप लामिछाने विश्व क्रिकेट लिग डिभिजन टू को सर्बोत्कृष्ट खेलाडी

काठमाडौं, फागुन ४ – सन्दीप लामिछाने आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू को सर्बोत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगितामा सर्बाधिक १७ विकेट लिएका १७ वर्षीया सन्दीप उत्कृष्ट खेलाडी चुनिएका हुन् ।

नेपालको हरेक खेलमा विकेट लिएका सन्दीपले केन्याविरुद्ध सिनियर करिअरकै उत्कृष्ट बलिङ गरेका थिए । हालै आईपीएलको फ्रेन्चाइजी टोली दिल्ली डेयरडेभिल्समा आबद्ध भएका सन्दीपले केन्याविरुद्ध १० ओभरमा ५ मेडन राख्दै २० रन दिएर ५ विकेट लिएपछि नेपालले सामान्य लक्ष्य पाएको थियो ।


प्रतियोगिताको पहिलो खेलमा सन्दीपले नामिवियाविरुद्ध ४ विकेट लिएका थिए भने दोस्रो खेलमा ओमानविरुद्ध २ तथा तेस्रो खेलमा युएईविरुद्ध ३ विकेट लिएका थिए । युएईसँग बिहीबार भएको फाइनलमा उनले १ विकेट लिएका थिए । क्यानडाविरुद्ध १ विकेटको नाटकीय जित हासिल गर्दा अन्तिम विकेटका लागि करण केसीसँग ५१ रनको साझेदारीमा सन्दीपले गतिलो साथ दिएका थिए ।

Program Schedule
Tamor Short News 11.00AM - 11.10AM Tamor Short News 12.00PM - 12.10PM Radio Off 12.10PM - 12.00AM Sherpe Dolang 10.10AM - 11.00AM Lekhak ko Lekha 11.10AM - 12.00PM Radio Oprning 5.00PM - 12.00AM View all
Dedicate A Song
Public Poll

Loading...