Date Monday, 2018 Jul 16
Studio Time 04:20:00 NST
News »
देश
शिवरात्रिका लागि दर्शनार्थीका रुपमा पशुपतिमा खटिए महिला प्रहरी, यस्तो छ योजना

 काठमाडौं, फागुन १ । महिलाले लगाएका गहना लुट्न जाने लुटेरालाई लक्ष्य गरेर यो वर्ष शिवरात्रिमा प्रहरीले नयाँ ‘सूत्र’ अपनाएको छ ।

दर्शनार्थीको भीडको मौका पारेर लुटेरा समूहले गहना लुटपाट गर्न सक्ने भन्दै प्रहरीले सादा पोसाकमा महिला प्रहरी खटाएको छ । त्यो पनि दर्शनार्थी कै भेषमा । सारी, कुर्ता र नक्कली गहनाले सजिएर लुटेराको निगरानी गर्ने योजनासहित डेढसय महिला प्रहरी खटिएका छन् ।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रामदत्त जोशीका अनुसार विगतका वर्षमा लुटेराले दुःख दिएपछि यो वर्ष नयाँ सूत्र परिचालन गरिएको हो ।

शिवरात्रिमा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गरी झन्डै सात हजार सुरक्षाकर्मी खटिन्छन् ।

प्रहरीले आइतबार र सोमबार गरेर पाशुपत क्षेत्रमा स्वीप अपरेसन गरेर २२ जनालाई नियन्त्रणमा लिइसकेको छ । – अन्नपूर्ण पोस्ट दैनिकबाट

Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...