Date Tuesday, 2018 Feb 20
Studio Time 04:20:00 NST
News »
मनोरञ्जन
सोनम कपूरले मागिन सोनाक्षी सिन्हासँग माफी

 माघ २९ – हालै बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र फेशन डिजाइनर मनिष मल्होत्रा नेहा धूपियाको एक ‘शो’ मा सहभागी भएका थिए । उक्त ‘शो’ मा यि दुवैले भनेको कुराहरुले अहिले बलिउड चर्चाको विषय बनिरहेको छ । सोनम कपूरले त ट्वीटर मार्फत सोनाक्षी सिन्हासँग माफी नै माग्नु परेको छ । 

 
नेहा धुपियाले कुराकानीका क्रममा सोनाक्षीसँग सोनम कपूरबारे केही कुरा सोधिन तब सोनाक्षीले भनिन एक पटक सोनमले मलाई एटिच्यूड देखाएकी थिइन जुन आवश्यक नै थिएन ।

यो कुरा सुनेपछि सोनमले ट्वीटरमा लेखेकी छिन् ‘सोना ! म सधै तिमीलाई साथ दिँदै आइरहेकी छु । मलाई याद छैन, मैले कुन बेला तिमीलाई त्यस्तो व्यवहार गरेकि थिए । यदि तिमीलाई त्यस्तो लाग्छ भने मलाई माफ गरिदिनु ।’


सोनमले ट्वीटर मार्फत माफी मागेपछि सोनाक्षीले उनलाई जवाफमा लेखेकी छिन ‘मुर्ख नबन सोनम ! हामीलाई यस्ता ‘शो’ हरुमा यस्तो कुरा भन्नु पर्ने हुन्छ जुन कुरा हामीलाई भन्न मन लाग्दैन । हाम्रो कुरालाई बढाइचढाई गरेर प्रस्तुत गरिन्छ भन्ने कुराको हामीलाई बानी नै परिसकेको छैन र ? यसलाई गम्भीर रुपमा नलिनु ।’

 


सोनाक्षीले आफ्नो मोटोपनालाई लिएर बडि शेमको शिकार हुनु परेको कुरा पनि बताएकी छिन् । जब उनको वजन धेरै थियो त्यस समयमा र्याम्प वाकका बेला एक सेलेब्रेटी मोडलले उनको मोटोपनको मजाक उडाएकी थिइन । सोनाक्षीले भनेकी छिन ‘जब म र्याम्प वाक गरी रहेकी थिएँ, त्यसबेला एक मोडलले मलाई गाई भनेकी थिइन् । ती मोडलले भनेकी थिइन, यो के भइरहेको छ अब गाईले पनि र्याम्प वाक गर्ने भएछ ।’

बलिउडमा प्रवेश गर्नुपूर्व सोनाक्षीको वजन धरै थियो । उनले बलिउडमा आउनका लागि ३० किलो वजन घटनएकी थिइन । 

Program Schedule
Dedicate A Song
Public Poll

Loading...