Date Sunday, 2018 Apr 22
Studio Time 04:20:00 NST
News »
देश
विद्युतीय स्कुटर दर्ता नगरी चलाए पाँच हजार जरिवाना

 काठमाडौं, माघ २९ । विद्युतीय स्कुटर र मोटरसाइकल दर्ता नगरी प्रयोग गरे सरकारले पाँच हजार रुपैयाँ जरिवाना गर्ने भएको छ ।

पछिल्लो समय उपत्यकामा दर्ता नगरिएका विद्युतीय स्कुटर बाक्लै देखिन थालेपछि सरकारले दर्ता प्रक्रियामा कडाइ गर्न लागेको हो ।

दर्ता नै नगरेका सवारीले दुर्घटना गराएको अवस्थामा कारवाही गर्न र भागेका अवस्थामा खोज्न सम्भव छैन । सहरी क्षेत्रमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न विद्युतीय स्कुटर र मोटरसाइकल अनिवार्य दर्ता प्रक्रियामा ल्याउने यातायात व्यवस्था विभागको तयारी छ ।

दर्ता प्रक्रिया दुई वर्ष अगाडिबाटै सुरु भए पनि प्रभावकारी नभएको भन्दै विभागले कडाइका साथ पुनः दर्ता प्रक्रिया अगाडि बढाउन लागेको हो । –अन्नपूर्ण पोस्ट दैनिकबाट

Program Schedule
Namaste Tamor 6.45PM - 7.30PM Tamor Short News 11.00AM - 11.10AM Rochak Tathya 11.10AM - 12.00PM Tamor Short News 12.00PM - 12.10PM Radio Off 12.10PM - 12.00AM Radio Oprning 5.00PM - 12.00AM View all
Dedicate A Song
Public Poll

Loading...