Date Wednesday, 2018 May 23
Studio Time 04:20:00 NST
News »
देश
सरकारबाट राष्ट्रियसभामा तीनजना सिफारिस

 काठमाडौं, माघ २७ । सरकारले राष्ट्रियसभाका लागि तीनजनाको नाम सिफारिस गरेको छ ।

बालुवाटारमा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले गोपालबहादुर बस्नेत (झापा), चाँदनी जोशी (काठमाडौं) र कृष्णप्रसाद पौडेल स्याङ्जालाई राष्ट्रियसभामा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

नेपालको संविधानको धारा ८६ को उपधारा २ (ख) बमोजिम सरकारले राष्ट्रियसभामा नियुक्तिका लागि तीनजनाको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

सिफारिसमा परेका बस्नेता झापा कांग्रेसका पूर्वसचिव हुन् । यस्तै जोशी महिला विकासका लागि संयुक्त राष्ट्रसंघीय कोषकी दक्षिण एसिया क्षेत्रकी पूर्वनिर्देशक हुन् । राष्ट्रियसभाका लागि सिफारिस पौडेल कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव हुन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट

Program Schedule
News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM Add 7.10AM - 7.15AM View all
Dedicate A Song
Public Poll

Loading...