Date Wednesday, 2018 May 23
Studio Time 04:20:00 NST
News »
देश
बिहेको अघिल्लो रात बेहुला बेपत्ता, ६ दिन बित्दासमेत फेला परेनन्

 नवलपरासी, माघ २७ । घरमा कामको चटारो थियो, बिहेका लागि सरसामान जोरजाम पारिदैं थियो । अघिल्लो दिन अकस्मात बेहुला हराए । गत सोमबार विवाहको लगन जुराइएको थियो ।

गैंडाकोट–१४ का २९ वर्षीय बालकृष्ण खरेल अघिल्लो बेलुकासम्म परिवारको सदस्यसँग हाँसीखुशी व्यवहार गरिरहेका थिए । तर मध्यरातदेखि उनी बेपत्ता भए । घर नजिककी युवतीसँग विवाह छिनिएको थियो उनको । दुवै परिवारले सबै तयारी पुरा गरिसकेका थिए । बेहुला एकाएक बेपत्ता भएपछि दुवै पक्ष चिन्तित छन् ।

९ वर्षदेखि स्पेनमा बस्दै आएका थिए बालकृष्ण । गत मंसिरमा उनी घर आएका थिए । आफन्तका अनुसार उनकै राजीखुशीले विवाहको टुंगो लागेको थियो ।

परिवारले इलाका प्रहरी कार्यालय गैंडाकोट, रजहर र जिल्ला प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दिएका छन् । प्रहरीले हराएदेखि नै बालकृष्णको मोबाइल ‘स्वीच अफ’ रहेको तर फेसबुक भने ‘एक्टिभ’ भएको जनाएको छ ।

फेसबुकमा अनलाइन देखिए पनि परिवारले सोधेको कुराको जवाफ आएको छैन । बिहीबार राति ११ः३९ मा उनको फेसबुकमा ‘भोलि बालकृष्णको अन्तिम दिन हो’ भन्ने स्टाटस अपडेट भएको देखेपछि परिवारजन गहिरो चिन्तामा छन् । त्यसको अघिल्लो दिन उनको म्यासेन्जरमा फोन गर्दा हिन्दीमा ‘बालकृष्ण नही हे’ भन्ने जवाफ आएको र त्यसपछि फोन राखिएको परिवारजनको भनाइ छ ।

शंकास्पद संवाद र फेसबुक स्टाटसका आधारमा उनको अपहरण भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । –कान्तिपुर दैनिकबाट

Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...