Date Wednesday, 2018 May 23
Studio Time 04:20:00 NST
News »
खेलकुद
नामिबियालाई पराजित गरेको नेपाल आज दोस्रो जितको खोजीमा

 काठमाडौं, माघ २६ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज ओमनको सामना गर्नेछ ।

नामिबियामा जारी प्रतियोगितामा नेपाल लागातार दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा नेपालले बिहीबार आयोजक नामिबियालाई १ विकेटले हराएको थियो । ओमन भने पहिलो खेलमा क्यानाडासँग ८ विकेटले हारेको थियो ।

नामिबियाको राजधानी विन्डहकमा बिहीबार घरेलु टोलीले दिएको १३९ रनको चुनौती नेपालले खेलमा चार बल बाँकी छँदा ९ विकेट गुमाएर पूरा ग¥यो । नेपालका बसन्त रेग्मीले संयमतापूर्वक ब्याटिङ गर्दै अविजित २४ रन जोडेपछि नेपाल विजयी भएको हो ।

नेपालको जितमा शरद भेषावकरको २९ रन पनि महत्वपूर्ण रह्यो ।

यसअघि पहिले ब्याटिङ गरेको नामिबियालाई सस्तैमा रोक्न नेपालका स्पिनर सन्दिप लामिछानेले ४ विकेट लिए । यस्तै, सोमपाल कामीले ३ तथा बसन्त रेग्मी, पारस खड्का र सरद भेषावाकरले १–१ विकेट लिएपछि आयोजक नामिबिया ३४ ओभर २ बलमा १३८ रनमै समेटिएको हो ।

नेपाल, नामिबिया, युएई, केन्या, ओमान र क्यानडा गरी ६ टोली सहभागी प्रतियोगिताको शीर्ष दुईमा पर्ने टोलीले अर्को महिना जिम्बाबेमा हुने एक दिवसीय विश्वकप क्रिकेटको छनौट प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

Program Schedule
News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM Add 7.10AM - 7.15AM View all
Dedicate A Song
Public Poll

Loading...