Date Monday, 2018 Jul 16
Studio Time 04:20:00 NST
News »
प्रवास
दुबई जाने कामदारमाथि थपियो आर्थिक भार

 काठमाडौं, माघ २५ । वैदेशिक रोजगारीका लागि दुबई जाने कामदारमाथि थप ४५ सय रुपैयाँ आर्थिक भार थपिएको छ ।

दुबई सरकारले रोजगारीका लागि आउने विदेशी नागरिकका लागि फेब्रुअरी ४ देखि लागू हुनेगरी ल्याएको नयाँ नियमले आर्थिक भार थपिएको हो ।

दुबईस्थित नेपाली दूतावासले गत सोमबारदेखि दुबई सरकारको निर्णय भन्दै रोजगारीका लागि आउने कामदारले चालचलन (प्रहरी प्रतिवेदन) प्रमाणपत्र पेस गर्नुपर्ने सूचना प्रकाशन गरेको थियो । यो नयाँ नियम दुबईमा कार्यरत नेपाली कामदार र नेपालबाट नयाँ कामका लागि जाने सबैमा लागू हुन्छ ।

दुबई सरकारको नयाँ नियमपछि कामदारले सामान्यत पुलिस रिपोर्ट बनाउन दुई सय रुपैयाँ खर्च गर्नुपर्ने भएको छ । प्रहरी प्रतिवेदन दूतावासबाट प्रमाणित गर्न थप ४३ सय रुपैयाँ तिर्नुपर्ने वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष हरि पाण्डे बताउँछन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट

Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...