Date Sunday, 2018 Aug 19
Studio Time 04:20:00 NST
News »
अन्तरास्ट्रिय
ब्राजिलको नाइट क्लबमा अन्धाधुन्ध गोली चलाउँदा १४ जनाको मृत्यु

 काठमाडौं, माघ १४ । ब्राजिलको एक नाइट क्लबमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ ।

ब्राजिलको उत्तर–पूर्वी क्षेत्र फोरटाजेलास्थित फोर्रो डो गागा क्लबमा तीन वटा कारमा आएका बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गरी उनीहरुको हत्या गरेका हुन् ।

मारिनेमा दुई जना बालबालिका समेत रहेको बताइएको छ । हमलामा केही व्यक्ति घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

स्थानीय सञ्चारमाध्यमहरुले हमलामा लागूऔषध तस्करीमा संलग्न रहेकाहरु भएको जनाएका छन् ।

अघिल्लो वर्ष ब्राजिलको सिएरा प्रान्तमा ५ हजार १ सय १४ जनाको हत्या भएको थियो । सन् २०१५ मा पनि एक नाइट क्लबमा भएको आक्रमणमा ११ जनाको मृत्यु भएको थियो ।(एजेन्सी)

Program Schedule
Namaste Tamor 6.45PM - 7.30PM Radio Oprning 5.00PM - 12.00AM Bhasa Bhasika Songs 5.00PM - 5.10PM Limbu News 5.10PM - 5.20PM Add & Songs 5.20PM - 5.30PM Asako Badi 5.30PM - 6.00PM View all
Dedicate A Song
Public Poll

Loading...