Date Sunday, 2018 Aug 19
Studio Time 04:20:00 NST
News »
अन्तरास्ट्रिय
बजार विकृतिबारे बोले ट्रम्प, व्यापारमा पनि ‘अमेरिका पहिलो’ नीति

 डाभोस, माघ १३ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘भक्षक शैली’मा व्यापार गर्ने परिपाटीको कडा आलोचना गर्दै अनुचित व्यापार नसहने चेतावनी दिएका छन् ।

स्विटजरल्याण्डको डाभोस शहरमा विश्व आर्थिक मञ्चको बैठकमा आफ्ना व्यापारिक साझेदारहरुबीच उनले व्यापारकासम्बन्धमा पनि ‘अमेरिका पहिलो’ नीति नै अवलम्बन गरिने प्रष्ट पारे ।

अनुचित व्यापारिक अभ्यासका कारण बजारमा विकृति देखिएको बताउँदै ट्रम्पले अब त्यसप्रति अमेरिका चुप लागेर नबस्ने बताएका हुन् । व्यापारमा अमेरिका पहिलो भन्ने नीति लिनुको मतलब अमेरिका एक्लैमात्र पहिलो भन्ने नभएको उनको भनाइ थियो ।

अरु देशका नेताले पनि आ–आफ्ना देशलाई पहिलो स्थानमा राख्दा हुने उनको सल्लाह छ । ‘अमेरिका अघि बढ्नु भनेको विश्व पनि अघि बढ्नु हो,’ ट्रम्पले तर्क गरे, ‘अमेरिका व्यापारका लागि खुल्ला रहेको र त्यसको सबैले फाइदा लिए हुन्छ ।’ (एजेन्सी)

Program Schedule
Namaste Tamor 6.45PM - 7.30PM Radio Oprning 5.00PM - 12.00AM Bhasa Bhasika Songs 5.00PM - 5.10PM Limbu News 5.10PM - 5.20PM Add & Songs 5.20PM - 5.30PM Asako Badi 5.30PM - 6.00PM View all
Dedicate A Song
Public Poll

Loading...