Date Sunday, 2018 Jan 21
Studio Time 04:20:00 NST
News »
देश
प्रधानन्यायाधीश पराजुलीको नागरिकताबारे सोधखोज, सिडिओलाई नियमित फोन

दमौली, पुस २९ । प्राडा गोविन्द केसीको आन्दोलन र उनले माग गरेको प्रधानन्यायाधीशको नागरिकता छानविनले गोपाल पराजुलीको गृहजिल्ला तनहुँमा तरगं ल्याएको छ ।

जिल्ला प्रशासन कार्यालय(सिडिओ) तनहुँमा पराजुलीको नागरिकता बारे नियमित फोन आउने गरेको प्रशासनले जनाएको छ ।

शुक्रबार मात्रै सरुवा भएका प्रमुख जिल्ला अधिकारी रितेशकुमार शाक्यले यसबारे निकै प्रश्नको सामना गर्नुपरेको छ ।

प्रधानन्यायाधीश पराजुलीको गृहजिल्ला तनहुँ र जन्मघर ऋषिङ गाउँपालिका १ काहुँशिवपुर हो ।

पराजुलीले तनहुँ प्रशासनबाटै नागरिकताको प्रमाणपत्र लिएको प्रशासनका एक अधिकारीले बताए । तर, सुरुमा वितरित नागरिकतामा जन्म मिति भने उल्लेख नभएको प्रशासन श्रोतको भनाइ छ ।

‘त्यतिबेलाका प्रायः नागरिकतामा जन्म साल मात्र उल्लेख हुन्थ्यो,’ पराजुलीको नागरिकता प्रकरण अहिले विवादमा आएजस्तो ठूलो नभएको जिकिर गर्दै ती अधिकारीले भने,‘पछि उहाँले महिना र साल उल्लेख गरी काठमाडौंं प्रशासनबाट प्रतिलिपि निकाल्नुभएको देखिन्छ ।’

उनले सुरुको नागरिकतामा जन्म महिना र मिति उल्लेख नभएकाले पराजुलीले सेवा प्रयोजनमा पर्नसक्ने असरलाई ध्यानमा राखेर मिति उल्लेख गरेको हुनसक्ने बताए । ‘पहिलेको र अहिलेको मितिमा फरक पर्‍यो भन्ने कुरा गलत छ,’ उनले भने । -अन्नपूर्णपोष्ट दैनिकबाट 

Program Schedule
Radio Opening 5.00AM - 12.00AM Kirat Bhajhan 5.00AM - 5.30AM Kirat Darsan 5.30AM - 6.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM View all
Dedicate A Song
Public Poll

Loading...