Date Wednesday, 2018 May 23
Studio Time 04:20:00 NST
News »
घटना - दुर्घटना
रोल्पामा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु

रोल्पा, पुस २७ । रोल्पा नगरपालिका–७ तामा भन्ने स्थानमा बुधबार बेलुकी ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

बेलुकी पौने ९ बजे रोल्पाको माडी खोलबाट बालुवा लिएर जङकोटतर्फ जाँदै गरेको ना५त ६६८१ नम्बरको ट्याक्टर नियन्त्रण गुमाएर तामामा दुर्घटना भएको हो ।

ट्याक्टर सडकबाट करिब ४ मीटर तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका ट्याक्टरमा सवार रोल्पा नगरपालिका–९ का १२ वर्षीय सिजन बुढाको उपचार क्रममा गएराति १० बजे जिल्ला अस्पताल रोल्पामा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका सोहीठाउँकी ५० वषीया अमृता बुढाको भने सोही अस्पताल उपचार भइरहेको छ । दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...