Date Monday, 2018 Jun 25
Studio Time 04:20:00 NST
News »
अन्तरास्ट्रिय
इरानमा लागुऔषधसम्बन्धी अपराधमा मृत्युदन्ड सुनाइएकाका फैसला समीक्षा गरिने

काठमाडौं, पुस २७ । इरानको न्यायपालिकाले लागुऔषधसम्बन्धी अपराधमा दोषी ठहर भएर मृत्युदन्ड सुनाइएका कैदीहरुका फैसला समीक्षा गर्ने तयारी गरेको छ ।

इरानको संसदले लागुऔषधको अपराधमा मृत्युदन्ड दिने प्रावधानलाई फेरबदल गरेपछि न्यायपालिकाले पनि कैदीहरुका फैसला समीक्षा गर्ने तयारी गरेको हो ।

न्यायपालिका प्रमुख आयातोल्ला सादेग लार्जानीले स्थानीय सन्चारमाध्यमहरुसँग कुरा गर्दै मृत्युदन्ड सुनाइएका ती फैसलामा समीक्षा गर्नसकिने बताए ।

न्यायपालिका प्रमुखको भनाइ सार्वजनिक भएसँगै इरानको कानुनमा भएको सुधारका कारण त्यहाँ लागुऔषधसम्बन्धी अपराधमा दोषी ठहर भइ मृत्युदन्ड सुनाइएका हजारौं कैदीको ज्यान जोगिनसक्ने बताइएको छ ।

संसदले कानुनमा परिवर्तन गरेपछि लागुऔषधसम्बन्धी केही अपराधमा मृत्युदन्ड हटाइएको छ । सुधारिएको कानुन पुराना फैसलाका हकमा पनि लागू हुने बताइएको छ ।

इरानमा हरेक वर्ष सयौंलाई मृत्युदन्ड दिने गरिएको छ । तीमध्ये अधिकांश लागुऔषधसँग सम्बन्धित मुद्दाका दोषी हुने गर्छन् ।

इरानको पुरानो कानुनमा भएको व्यवस्थाअनुसार ३० ग्राम कोकिन बरामद भएको व्यक्ति मृत्युदन्डको भागिदार बन्थ्यो । अब त्यसलाई सुधार गरेर दुई किलोग्राम बनाइएको छ । त्यसैगरी, अफिम तथा गाँजाको परिमाणलाई १० गुणाले बढाइ ५० किलोग्राम पुर्‍याइएको छ ।

न्यायपालिका प्रमुख लार्जानीले अब अधिकांश त्यस्ता मृत्युदन्ड लामो अवधिको जेल सजायमा परिणत हुने बताए । (एजेन्सी) 

Program Schedule
Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM Add 7.10AM - 7.15AM School Tution 8.00AM - 8.25AM Add 8.25AM - 8.30AM View all
Dedicate A Song
Public Poll

Loading...