Date Monday, 2018 Jun 25
Studio Time 04:20:00 NST
News »
अन्तरास्ट्रिय
क्यालिफोर्नियामा पहिरोमा परेर मर्नेको संख्या १७ पुग्यो

काठमाडौं, पुस २७ । अमेरिकाको क्यालिफोर्नियामा बुधबार भारी वर्षापछि गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

पहिरोमा परेर एक दर्जनभन्दा बढी व्यक्ति बेपत्ता छन् ।

क्यालिफोर्नियाको दक्षिणी क्षेत्र मोन्टेसिटोमा गएको पहिरोमा परेर २८ जना घाइते भएका छन् । त्यहाँका १०० घर ध्वस्त भएका छन् । ३०० घरमा क्षति पुगेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

पहिरोबाट ठूलो मात्रामा लेदो माटो आएकाले प्रभावितहरुलाई उद्दार गर्नसमेत समस्या भएको उद्दारकर्मीहरुले बताएका छन् । (एजेन्सी) 

Program Schedule
Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM Add 7.10AM - 7.15AM School Tution 8.00AM - 8.25AM Add 8.25AM - 8.30AM View all
Dedicate A Song
Public Poll

Loading...