Date Sunday, 2018 Jan 21
Studio Time 04:20:00 NST
News »
देश
टर्कीमा पुर्‍याइ अलपत्र पार्ने तीनजना समातिए

काठमाडौं, पुस २७ । युरोपेली मुलुकमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गर्ने समूहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले स्याङ्जा घर भइ हाल कास्कीको पोखरा, पृथ्वीचोक बस्ने चिन्ताराम गिरी, स्याङ्जा, चापकोट नगरपालिका–४ घर भइ हाल पोखरा बस्ने प्रदीप गिरी र झापा, गौरादह नगरपालिका– ४ बस्ने ज्ञानेन्द्र अधिकारीलाई पक्राउ गरेको हो ।

उनीहरुले वैदेशिक रोजगारीमा पठाउने भनी राहदानीमा नक्कली प्रवेशाज्ञा लगाइ प्रतिव्यक्ति रु ८ लाख ५० हजार लिएर टर्कीमा पुर्‍याइ दुई महिनासम्म श्रमशोषण गरी अलपत्र पारेका थिए ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले हालसम्म ८ जना पीडित व्यक्ति ब्यूरोको सम्पर्कमा आएको र अरु व्यक्ति पनि पीडित भएको हुनसक्नेबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

पक्राउ परेकालाई काठमाडौं जिल्ला अदालतको आदेशले म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको ब्यूरोले जनाएको छ ।

निजलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ को दफा ३ र ४ को कसुरमा दफा १५ (१) (क) अनुसार मानिस किन्ने वा बेच्नेलाई २० वर्ष कैद र रु दुई लाखसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको छ । रासस 

Program Schedule
Radio Opening 5.00AM - 12.00AM Kirat Bhajhan 5.00AM - 5.30AM Kirat Darsan 5.30AM - 6.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM View all
Dedicate A Song
Public Poll

Loading...