Date Sunday, 2018 Jan 21
Studio Time 04:20:00 NST
News »
राजनीति
एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच एकता प्रक्रियालाई गति दिने समझदारी

काठमाडौं, पुस २४ । एमाले र माओवादी केन्द्रले पार्टी एकतालाई मूर्त रूप दिन दुई छुट्टाछुट्टै कार्यदल बनाएर ठोस गृहकार्य गर्ने भएका छन् ।

आइतबार एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच कार्यदलको गृहकार्यपछि एकतालाई अन्तिम रूप दिने समझदारी भएको हो ।

ओलीनिवास बालकोटमा दुई नेताबीच एक सातापछि डेढ घन्टा छलफल भएको छ । पछिल्लोपटक ओली र दाहालबीच १६ पुसमा दाहालनिवास खुमलटारमा पार्टी एकताबारे छलफल भएको थियो ।

नयाँ सरकारको नीति तथा कार्यक्रम तय गर्ने विषयमा पनि एकता संयोजन समितिमा छलफल गर्ने दुई नेताको समझदारी छ ।

सैद्धान्तिक–वैचारिक र सांगठनिक एकीकरण कार्यदल

पार्टी एकतालाई अन्तिम रूप दिन सैद्धान्तिक–वैचारिक र सांगठनिक एकता संयुक्त कार्यदल बनाउने समझदारी भएको माओवादी केन्द्रका अध्यक्ष दाहालले जानकारी दिए ।

दुवै कार्यदलमध्ये एउटाले एकीकृत पार्टीका लागि सैद्धान्तिक–वैचारिक खाका तयार पार्नेछ भने अर्कोले केन्द्रदेखि तल्लो तहसम्मका दुवै पार्टी कमिटीको समायोजन र भ्रातृसंगठनहरूको समायोजनको मोडालिटी बनाउनेछ । –नयाँ पत्रिका दैनिकबाट 

Program Schedule
Radio Opening 5.00AM - 12.00AM Kirat Bhajhan 5.00AM - 5.30AM Kirat Darsan 5.30AM - 6.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM View all
Dedicate A Song
Public Poll

Loading...