Date Sunday, 2018 Jan 21
Studio Time 04:20:00 NST
News »
राजनीति
असमान पारिश्रमिकको विषयलाई लिएर बीबीसीकी सम्पादकले दिइन राजीनामा

काठमाडौं, पुस २४ । बीबीसीकी चीन सम्पादक कैरी ग्रेसीले संस्थाभित्रको असमान पारिश्रमिकको विषयलाई लिएर आफ्नो पदबाट राजीनामा दिएकी छन् ।

ग्रेसीले बीबीसीभित्र पुरुषको तुलनामा महिला कर्मचारीको पारिश्रमिक कम भएको भन्दै राजीनामा दिएकी हुन् ।

३० वर्षदेखि बीबीसीमा काम गरिरहेकी उनले खुलापत्र लेख्दै बीबीसीभित्र गोप्य र गैरकानुनी रुपमा पारिश्रमिक निर्धारण हुने गरेको आरोप लगाएकी छन् ।

उनले डेढ लाख पाउन्डभन्दा धेरै पारिश्रमिक पाउने कर्मचारीमध्ये दुई तिहाई पुरुष कर्मचारी भएको बताएकी छन् ।

तर बीबीसीले भने संस्थाभित्र महिलामाथि कुनै भेदभाव नभएको जनाएको छ ।(एजेन्सी) 

Program Schedule
Radio Opening 5.00AM - 12.00AM Kirat Bhajhan 5.00AM - 5.30AM Kirat Darsan 5.30AM - 6.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM View all
Dedicate A Song
Public Poll

Loading...