Date Monday, 2018 Jul 23
Studio Time 04:20:00 NST
News »
राजनीति
निर्वाचन आयोग, अख्तियार र महालेखा प्रमुखबीच गोप्य भेटघाट

काठमाडौं, पुस २३ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात र महालेखा परीक्षक टंकमणि शर्मालाई आयोगमा बोलाएर छलफल गरेका छन् ।

तीन चरणको निर्वाचन सकेकौ मौकामा शुक्रबार साँझ प्रमुख निर्वाचन आयाक्त यादवको निमन्त्रणामा अख्तियार प्रमुख बस्न्यात र महालेखा परीक्षक शर्मा आयोग पुगेका हुन् ।

आर्थिक अनियमितता छानविन गर्ने अख्तियार र लेखापरीक्षण गर्ने छुट्टाछुट्टै जिम्मेवारी बोकेका दुई संवैधानिक निकाय प्रमुखलाई प्रमुख निर्वाचन आयुक्त यादवले आयोगमै बोलाउनुलाई शंकास्पद रुपमा हेरिएको छ ।

तीनजनाबीच आयोगमा के विषयमा छलफल भयो भन्ने गोप्य राखिएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले अनौपचारिक भेटघाट भएको बताए ।

‘चिया, कफि गफ हो । एकदुई महिनामा यसरी भेट हुने प्रचलन छ’, उनले भने । -नागरिक दैनिकबाट 

Program Schedule
News Sajhakhabar (CIN) 7.30PM - 8.00PM Add & Songs 8.00PM - 8.15PM BBC Nepali Sewa 8.45PM - 9.15PM Radio Off 10.00PM - 12.00AM Samjhanaka palharu 8.15PM - 8.45PM Maha Adalat (AFN) 9.15PM - 10.00PM View all
Dedicate A Song
Public Poll

Loading...