Date Sunday, 2018 Jan 21
Studio Time 04:20:00 NST
News »
खेलकुद
लिभरपुलका ब्राजिलियन खेलाडी फिलिप कौटिन्हो बार्सिलोना जाने

 

काठमाडौं, पुस २३ । इङ्लिस प्रिमियर फुटबल क्लब लिभरपुलका ब्राजिलियन खेलाडी फिलिप कौटिन्हो स्पेनिस क्लव बार्सिलोना जाने भएका छन् ।

बार्सिलोनाले १ सय ४२ मिलियन पाउन्डमा कौटिन्होलाई क्लबमा भित्र्याउने पक्का भएको छ । गत सिजनदेखि नै चर्चामा रहेको कौटिन्होको ट्रान्सफर आजसम्ममा आधिकारिक हुनेछ ।

सम्झौताका लागि कौटिन्हो गएराती नै बार्सिलोना पुगेको बताइएको छ ।

बार्सिलोनाका अर्का ब्राजिलियन खेलाडि नेयमार गत अगष्टमा फ्रेन्च क्लव पेरिस सेन्ट जर्मन (पिएसजी) गएयता बार्सिलोनाले उनको स्थानमा कौटिन्होलाई लैजान खोजेको थियो ।

कौटिन्होको ट्रान्सफर आधिकारिक भएमा कुनै पनि ब्रिटिस क्लब संलग्न भएको यो सबैभन्दा ठूलो सम्झौता हुनेछ । कौटिन्होले जारी सिजनमा लिभरपुलका लागि १२ गोल गरिसकेका छन् ।

बार्सिलोना हाल स्पेनिस ला लिगाको पहिलो स्थानमा रहेको छ भने लिभरपुल प्रिमियर लिगको चौथो स्थानमा छ । 

 

Program Schedule
Radio Opening 5.00AM - 12.00AM Kirat Bhajhan 5.00AM - 5.30AM Kirat Darsan 5.30AM - 6.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM View all
Dedicate A Song
Public Poll

Loading...