Date Sunday, 2018 Apr 22
Studio Time 04:20:00 NST
News »
राजनीति
सरकारी कर्मचारीमा विदेश भ्रमणको लर्को, सात टोलीको भ्रमण खर्च २ करोड १० लाख

काठमाडौं, पुस २२ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका दर्जनौं कर्मचारीले अध्ययन अवलोकनका नाममा विभिन्न देश उड्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री कार्यालयका खरिदार, सुब्बादेखि सचिबसम्मका कर्मचारी संघीयताको अध्ययन गर्न भन्दै विदेश उड्ने तरखरमा छन् ।

प्रधानमन्त्री कार्यालयले बैदेशिक अध्ययन, भ्रमण, अवलोकन शीर्षकमा दुई करोड १० लाख रुपैंयाँ सक्न दर्जनभन्दा बढी कर्मचारी एकपछि अर्को गर्दै विभिन्न देश उड्ने तयारी गरेका हुन् ।

प्रधानमन्त्री कार्यालयको प्रशासन महाशाखाका अधिकारीले अन्य महाशाखाको समन्वयमा विदेश जाने कर्मचारकिो सूची बनाइरहेका छन् ।

पदीय रुपमा को को जाने तय भए पनि नाम टुंगो लाग्न बाँकी रहेको कार्यालयले जनाएको छ । यद्यपी, भ्रमणमा जान छुट्टाछुट्टै सचिबको नेतृत्वमा कम्तीमा पनि सातवटा टोली बनाइएको छ ।

सातवटा टोलीमध्ये ६ वटाको नेतृत्व छुट्टाछुट्टै सचिबले गर्ने र एउटा टोलीको नेतृत्व सहसचिबले गर्नेगरी सूचीलाई अन्तिम रुप दिने काम भइरहेको स्रोतले जानकारी दिएको छ । -अन्नपूर्ण पोष्ट दैनिकबाट 

Program Schedule
Namaste Tamor 6.45PM - 7.30PM Tamor Short News 11.00AM - 11.10AM Rochak Tathya 11.10AM - 12.00PM Tamor Short News 12.00PM - 12.10PM Radio Off 12.10PM - 12.00AM Radio Oprning 5.00PM - 12.00AM View all
Dedicate A Song
Public Poll

Loading...