Date Monday, 2018 Jul 23
Studio Time 04:20:00 NST
News »
राजनीति
झाडापखालाले कमजोर बनेका केपी ओली स्वास्थ्य जाँचका लागि थाइल्यान्ड जाने

काठमाडौं, पुस २२ । चुनावी व्यस्तताका कारण नियमित उपचारलाई थाती राखेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली स्वास्थ्य जाँचका लागि थाइल्यान्ड जाने भएका छन् ।

नियमित स्वास्थ्योपचारका लागि बैंकक प्रस्थान गर्ने तयारी भइरहेको ओलीको निजी सचिवालयले जनाएको छ ।

सचिवालयका प्रमुख देवराज घिमिरेले अन्नपूर्णसँग भने, ‘नियमित उपचारका सिलसिलामा फलोअपका लागि हिजो/अस्ति नै जान खोजिएको हो ।

तर, विकनेस (कमजोरी) भएपछि अलिक दिन बसेर जाने भन्ने छ। गम्भीर अवस्था केही होइन । फलोअप उपचारका लागि जान लाग्नुभएको हो ।’

ओलीको स्वास्थ्योपचार गर्दै आएको बैंककस्थित बुमरुङगार्ड अन्तर्राष्ट्रिय अस्पतालका चिकित्सकसँग सम्पर्क गरी बैंकक जाने तयारी भइरहेको छ ।

समय र परिस्थिति मिले आगामी बुधबार ओली बैंकक प्रस्थान गर्नेछन् । यसअघि उनी भदौ दोस्रो साता बैंकक गई नियमित उपचार गरी फर्केका थिए । ओलीका साथ उनकी पत्नी राधिका शाक्य पनि बैंकक जानेछिन् ।

प्रदेश र प्रतिनिधिसभा चुनावका बेला ९० भन्दा बढी चुनावी सभामा सम्बोधन गरेका ओलीलाई एक सातादेखि कडा खालको झाडापखालाले सताएको थियो । -अन्नपूर्ण पोष्ट दैनिकबाट 

Program Schedule
News Sajhakhabar (CIN) 7.30PM - 8.00PM Add & Songs 8.00PM - 8.15PM BBC Nepali Sewa 8.45PM - 9.15PM Radio Off 10.00PM - 12.00AM Inderni 7.00PM - 7.30PM Samjhanaka palharu 8.15PM - 8.45PM View all
Dedicate A Song
Public Poll

Loading...