Date Wednesday, 2018 Jan 24
Studio Time 04:20:00 NST
News »
राजनीति
पूर्व डिआइजी तथा एमालेका नवनिर्वाचित सांसद नवराज सिलवालविरुद्ध पक्राउ पूर्जी

काठमाडौं, पुस १९ । कार्यसम्पादन मूल्यांकनमा आफू पहिलो नम्बरमा रहेको दावी गर्दै सर्वोच्च अदालतमा पेस गरेको फारम किर्ते भएको अनुसन्धानमा पूर्वडिआइजी तथा ललितपुर १ का प्रतिनिधिसभा सदस्य नवराज सिलवाल औपचारिक रुपमा जोडिएका छन् ।

सर्वोच्चको आदेशअनुसार पुस ५ मा आरोपित नखुलाई सरकारी दस्तखत छाप किर्तेमा जाहेरी दर्ता गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले सिलवाललाई पक्राउ गर्न पत्र काटेपछि सिलवाल किर्ते अनुसन्धानमा जोडिएका हुन् ।

किर्ते अनुसन्धानको नेतृत्व गरिरहेका काठमाडौं परिसरका प्रमुख एसएसपी रवीन्द्र धानुकले अनुसन्धानको सिलसिलामा बुझ्नुपर्ने भएकाले सिलवाललाई पक्राउ गरी बुझाउन ललितपुर परिसरमा पत्र पठाएको पुष्टि गरे ।

‘सरकारी दस्तखत छाप किर्तेमा अनुसन्धानका लागि बुझ्नुपर्ने भएकाले सिलवालको स्थायी बसोबास रहेको जिल्लामा पक्राउ गरी बुझाउन पत्र पठाएका हौं,’ उनले भने । –नागरिक दैनिकबाट 

Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...