Date Sunday, 2018 Jan 21
Studio Time 04:20:00 NST
News »
खेलकुद
२२ खेलबाट ६२ अंक जोड्दै म्यान्चेस्टर सिटी शीर्ष स्थानमा

काठमाडौं, पुस १९ । इङ्गलिस प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी, टोटनह्याम हट्सपर, वेष्ट ह्याम युनाईटेड र क्रिष्टल प्यालेस विजयी भएका छन् ।

अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले वाट्फोर्डलाई ३-१ ले हरायो ।

खेलमा म्यान सिटीलाई विजयी गराउन राहिम स्टर्लिङ र सर्जियो अगुएरोले एक–एक गोल गर्दा वाट्फोर्डका क्रिश्चिय काबासेलीले एक आत्माघाति गोल गरे । पराजित टोलीका लागि एन्डी ग्रे ले एक सान्तोना गोल गरेका थिए ।

प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हट्सपरले स्वान्सी सिटीलाई २-० ले पराजित गर्‍यो । टोटनह्यामका लागि फर्नान्डो लोरेन्ते र डेले अलीले एक–एक गोल गरे ।

गएराति भएका अन्य खेलमा क्रिष्टल प्यालेसले साउथह्याम्पटनलाई २-१ ले हराउँदा वेष्ट ह्याम युनाईटेडले वेष्ट ब्रोममाथि २-१ कै जित निकालेको छ ।

गएरातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा २२ खेलबाट ६२ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ ।

समान खेलबाट ४७ अंक जोडेको म्यान्चेस्टर युनाइटेड दोस्रो स्थानमा छ भने एक खेल कम खेलेको चेल्सी ४५ अंकसहित तेस्रो स्थानमा छ । 

Program Schedule
Radio Opening 5.00AM - 12.00AM Kirat Bhajhan 5.00AM - 5.30AM Kirat Darsan 5.30AM - 6.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM View all
Dedicate A Song
Public Poll

Loading...