Date Sunday, 2018 Jan 21
Studio Time 04:20:00 NST
News »
देश
पशुलाई सुत्केरी भत्ता, ब्याएका प्रत्येक पशुलाई २५ सय

सल्यान, पुस १५ । कृत्रिम गर्भाधान बाट ब्याएका पशुलाई भत्ता दिन थालिएको छ ।

महिलालाई गर्भवती हुँदा पोषण तथा आहारका लागि सत्केरी भत्ता दिएजस्तै कृत्रिम गर्भाधानबाट ब्याएका पशुलाई पनि सुत्केरी भत्ता दिन थालिएको हो ।

सल्यानका पाँचजना किसानलाई आफूले पालेका पशुलाई कृत्रिम गर्भाधान गराएको भन्दै पशु स्याहारसुसार र आहारका लागि भन्दै भत्ता दिइएको हो ।

पशु सेवा कार्यालय सल्यानले जिल्लाका ५ किसानलाई २ हजार ५ सय रुपैंयाँका दरले प्रोत्साहनवापत रकम वितरण गरिएको हो ।

प्रोत्साहन रकम पाउने किसानहरुमा शारदा नगरपालिका २ का गोकर्णप्रसाद उपाध्यय, ३ का बुद्धिराज विष्ट, अशोककुमार विष्ट, रेशम प्रकाश शर्मा र ४ का नारायण गौतम छन् । -राजधानी दैनिकबाट 

Program Schedule
Radio Opening 5.00AM - 12.00AM Kirat Bhajhan 5.00AM - 5.30AM Kirat Darsan 5.30AM - 6.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM View all
Dedicate A Song
Public Poll

Loading...