Date Sunday, 2018 Jan 21
Studio Time 04:20:00 NST
News »
खेलकुद
स्टार स्ट्राइकर रोनाल्डो रियल मड्रिड छोड्न तयार, कति छ उनको मूल्य ?

काठमाडौं, पुस १५ । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो रियल मड्रिड छोड्न तयार रहेको खबर आएको छ ।

रोनाल्डोले रियल मड्रिडसँग आफूले क्लब छोड्न चाहेको र अरु क्लबमा जानका लागि आफ्नो मूल्य एक सय मिलियन युरो तोक्न आग्रह गरेको बेलायती पत्रिका डेलीरेकर्डले दाबी गरेको छ ।

रोनाल्डोले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन मध्ये एकमा जान इच्छा देखाएका छन् ।

उनले आवश्यक पर्ने भए दुई क्लबलाई यसबारेमा जानकारी गराउन पनि रियल मड्रिडसँग आग्रह गरेका छन् ।

रोनाल्डोल सन् २०१६ मा पाँच सिजनका लागि गरेको सम्झौतामा उनको रिलिज क्लब एक बिलियन युरो रहेको छ ।

रोनाल्डोका सहयोगी तथा एजेन्टले उनको अनुबन्ध मूल्य रिलिज क्लबको दश भागको एक भाग वा त्योभन्दा कम राख्न आग्रह गरेका छन् ।

रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज र रोनाल्डोको सम्बन्ध पछिल्लो समय चिसिएको दाबी गरिएको छ ।

रोनाल्डोले रियल मड्रिडमा आफ्नो पारिश्रमिक बढ्नु पर्ने माग गर्दै आएपनि पारिश्रमिक बढेको छैन ।

अहिले रोनाल्डोले बार्सिलोनाका लियोनल मेस्सी तथा पिएसजीका नेइमारभन्दा कम पारिश्रमिक पाउने गरेका छन् ।

यस्तै रियल मड्रिड नेइमारलाई क्लब भित्र्याउन लालाइत रहनुले पनि रोनाल्डो निराश भएका छन् । 

Program Schedule
Radio Opening 5.00AM - 12.00AM Kirat Bhajhan 5.00AM - 5.30AM Kirat Darsan 5.30AM - 6.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM View all
Dedicate A Song
Public Poll

Loading...