Date Monday, 2018 Jul 23
Studio Time 04:20:00 NST
News »
घटना - दुर्घटना
एक महिलाको स्वीकारोक्ति– अति भएपछि पतिको औंला काटी पोलेर खाएँ

दाङ, पुस १४ । पश्चिम दाङमा पत्नीले पतिको औंला काटेर पोलेर खाएको घटना सार्वजनिक भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१ छोटेका ६४ वर्षीया रिसमी महतराले ६४ वर्षीय पति चन्द्रबहादुर महतराको दाहिने हातका चार औंला काटी पोलेर खाएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

पतिले जाँडरक्सी खाएर सधैं कुटपिट गर्ने गरेका कारण औंला पोलेर खाएको रिसमीले बयान दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

आरोपितको बयानमा विश्वस्त हुन नसकेर घरमा औंला खोज्न गए पनि नभेटिएपछि पोलेरै खाएको निष्कर्षमा पुगेको बताइएको छ ।

रिसमीलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ ।

औंला काटिएपछि गम्भीर घाइते भएका पतिलाई राप्ती अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालजञ्ज पठाइएको प्रहरीले जनाएको छ । –राजधानी दैनिकबाट 

Program Schedule
News Sajhakhabar (CIN) 7.30PM - 8.00PM Add & Songs 8.00PM - 8.15PM BBC Nepali Sewa 8.45PM - 9.15PM Radio Off 10.00PM - 12.00AM Inderni 7.00PM - 7.30PM Samjhanaka palharu 8.15PM - 8.45PM View all
Dedicate A Song
Public Poll

Loading...