Date Sunday, 2018 Jan 21
Studio Time 04:20:00 NST
News »
खेलकुद
क्रिष्टल प्यालेस मैदानमा आर्सनलको कठिन जित

लन्डन, पुस १४ । इंग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले क्रिष्टल प्यालेसलाई हराएको छ ।

गएराति क्रिष्टल प्यालेसको मैदानमा भएको खेलमा आर्सनलले ३–२ को कठिन जित निकालेको हो । खेलमा आर्सनललाई विजयी गराउन अलेक्सिस सान्चेजले दुई गोल गरे भने खोद्रान मुस्ताफीले एक गोल गरे ।
पराजित टोलीका लागि एन्ड्रोस टाउनसेन्ड र जेम्स टम्किन्सले एक–एक गोल गरे ।

जितसँगै आर्सनलले तालिकाको पाँचौ स्थानमा रहेको टोटनह्याम हट्सपरसँग समान ३७ अंक जोडेको छ । लिगमा २० खेलबाट ५८ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ ।

१५ अंकले पछि परेको म्यान्चेस्टर युनाईटेड ४३ अंकसहित दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको चेल्सीको ४२ अंक छ । 

Program Schedule
Radio Opening 5.00AM - 12.00AM Kirat Bhajhan 5.00AM - 5.30AM Kirat Darsan 5.30AM - 6.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM View all
Dedicate A Song
Public Poll

Loading...