Date Thursday, 2018 Apr 26
Studio Time 04:20:00 NST
News »
देश
चिसो बढ्यो, पश्चिमी क्षेत्रमा मौसम बदली हुने

काठमाडौं, पुस १३ । राजधानीलगायत देशभर चिसो बढेको छ । दुई साताअघि राजधानीमा न्यूनतम तापक्रम २ डिग्री सेल्सियसमा झरेको थियो भने त्यसपछि क्रमिक रुपमा यसको स्तर बढ्दै जाँदा केही राहत मिलेको थियो ।

केहीदिन यता न्यूनतम तापक्रम घट्न थालेको छ ।

बिहीबार बिहान काठमाडौंमा तापक्रम ३.६ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज पश्चिमी क्षेत्रको मौसम सामान्यतः बदली हुने र अन्य स्थानको मौसम आंशिक बदली हुने पनि महाशाखाले जनाएको छ । काठमाडौंमा पनि आज आंशिक बदली हुने जनाइएको छ ।

आज अधिकतम् तापक्रम १८ देखि २० डिग्री सेल्सियसबीच रहने पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ । 

Program Schedule
Dedicate A Song
Public Poll

Loading...