Date Wednesday, 2018 May 23
Studio Time 04:20:00 NST
News »
घटना - दुर्घटना
प्लास्टिकको झोलामा पोको पारेर फालिएको अवस्थामा नवजात शिशुको शव फेला

नुवाकोट, पुस ३ । विदुर नगरपालिका–८ बगुवा खोला किनारमा प्लास्टिकको झोलामा नवजात शिशु (बालक)को शव भेट्टिएको छ ।

आइतबार अपराह्न खोला किनारमा प्लास्टिकको झोलामा पोको पारेर फालिएको अवस्थामा शिशुको शव भेट्टिएको प्रहरीले जनाएको छ ।

स्थानीयबासीले खोला किनारमा भेट्टाएको प्लास्टिकको झोला फोहोर पदार्थ ठानेर अन्यत्र फ्याक्ने क्रममा मृत बच्चा देखेपछि खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए ।

जिल्ला अस्पताल त्रिशूलीका चिकित्सकका अनुसार भेट्टिएको शिशु २४ घण्टा अघि जन्मेको र त्यसलगत्तै झोलामा पोको पारेर फ्याकिएकाले मृत्यु भएको पाइएको छ । शव परीक्षणको लागि जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ भने शव फ्याक्ने व्यक्तिको खोजी भइरहेको छ । (रासस) 

Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...