Date Thursday, 2018 Apr 26
Studio Time 04:20:00 NST
News »
अर्थ/वाणिज्य
लेवनानको बेलायती दूतावासमा महिला कर्मचारी मृत फेला

काठमाडौं, पुस ३ । लेवनानस्थित बेलायतको दूतावासमा काम गर्ने एक बेलायती महिला मृत अवस्थामा फेला परेकी छन् ।

लेवनान प्रहरीले बेरुतस्थित एक मुख्य सडक किनारामा रिबेका डाइक्स नामकी ती महिलाको शव फेला परेको जनाएको छ ।

उनको घाँटी थिचेर हत्या भएको प्रहरीले जनाएको छ । रिबेका गत जनवरीदेखि बेरुतमा अन्तर्राष्ट्रिय विकास विभागको कार्यक्रम एवम् नीति प्रबन्धकको रुपमा काम गर्दै आएकी थिइन् ।

स्थानीय प्रहरीले घटनाबारे छानबिन शुरु गरिएको जनाएको छ । (एजेन्सी) 

Program Schedule
Dedicate A Song
Public Poll

Loading...