Date Monday, 2018 Jul 23
Studio Time 04:20:00 NST
News »
अर्थ/वाणिज्य
अमेरिकी गुप्तचरको सहयोगमा रुस ठूलो आक्रमणबाट जोगियो, ट्रम्पलाई ‘धन्यवाद’

काठमाडौं, पुस ३ । रुसको सेन्ट पिटर्सबर्गस्थित प्रमुख गिर्जाघरमा गराउन लागिएको आतंककारी विस्फोट अमेरिकी गुप्तचर निकाय सीआईएको सूचनाका आधारमा विफल भएको छ ।

गिर्जाघरमा शनिबार गराउन लागिएको आतंककारी विस्फोटका बारेमा सीआईएले रुसी सुरक्षा अधिकारीलाई जानकारी गराएपछि विफल भएको हो ।

रुसी सुरक्षा निकाय एफएसबीले इस्लामिक स्टेट समर्थक समूहका सात जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुबाट विस्फोटक पदार्थ, हतियार र चरमपन्थी दस्तावेज बरामद गरिएको रुसी अधिकारीहरुले जनाएका छन् ।

यो समूहले गिर्जाघरमा आत्मघाती हमला गरेर ठूलो संख्यामा नागरिकको हत्या गर्ने योजना बनाएको खुलासा भएको छ ।

यसैबीच रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोन गरी सीआईएले गरेको सहयोगप्रति धन्यवाद दिएका छन् ।

उनले अमेरिकाविरुद्ध हुने कुनै जानकारी पाएमा समेत आफूहरुले जानकारी दिने प्रतिबद्धता व्यक्त गरेका छन् । (एजेन्सी) 

Program Schedule
News Sajhakhabar (CIN) 7.30PM - 8.00PM Add & Songs 8.00PM - 8.15PM BBC Nepali Sewa 8.45PM - 9.15PM Radio Off 10.00PM - 12.00AM Samjhanaka palharu 8.15PM - 8.45PM Maha Adalat (AFN) 9.15PM - 10.00PM View all
Dedicate A Song
Public Poll

Loading...