Date Tuesday, 2017 Dec 12
Studio Time 04:20:00 NST
News »
अर्थ/वाणिज्य
डलर दुई महिनायता कै कमजोर स्तरमा, विदेशी सामान सस्तो हुने

काठमाडौं, मंसिर १७ । परिवर्तनीय (संसारको धेरैजसो मुलुकमा साटिने) विदेशी मुद्रा अमेरिकी डलर दुई महिनायताकै कमजोर भएको छ ।

नेपाली रुपैयाँ बलियो र अमेरिकी डलर कमजोर बन्न पुग्दा विदेशबाट आयात हुने सामान सस्तो हुने अपेक्षा गरिएको छ । कमजोर डलरका कारण आयातित बस्तु सस्तोमा पाइने सम्भावना बढेको छ । यसले गर्दा उपभोक्तालाई राहत पुग्नेछ ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलर बराबर एक सय दुई रुपैयाँ ८५ पैसा खरिद मूल्य र बिक्री मूल्य एक सय तीन रुपैयाँ ४५ पैसा तोकेको छ ।

नेपाली रुपैयाँ बलियो हुनुको कारण भारतीय रुपैयाँ मजबुत हुनु हो । नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर भएका कारण भारु मजबुत हुनासाथ नेपाली रुपैयाँ पनि बलियो र कमजोर हुँदा कमजोर हुने गरेको छ । –नागरिक दैनिकबाट

Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...