Date Tuesday, 2017 Dec 12
Studio Time 04:20:00 NST
News »
खेलकुद
म्यान्चेस्टर युनाईटेडद्वारा आर्सनल पराजित, चेल्सी पनि विजयी

लन्डन, मंसिर १७ । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले आर्सनललाई ३–१ ले पराजित गरेको छ ।

गएराति आर्सनलको मैदानमा भएको खेलमा म्यानचेस्टर युनाईटेडलाई विजयी गराउन जेस्सी लिङ्गार्डले दुई तथा एन्टोनियो भ्यालेन्सियाले एक गोल गरे । आर्सनलका अलेक्जेण्डर लाकाजेट्ले एक गोल फर्काए ।

प्रिमियर लिगअन्तर्गत कै अर्को खेलमा चेल्सीले न्युकासल युनाईटेडलाई ३–१ ले हरायो । चेल्सीका लागि एडिन हाजार्डले दुई तथा अल्भारो मोराटाले एक गोल गरे ।

यसैगरी लिरभपूलले ब्राईटनलाई ५–१ ले हरायो । लिभपूलको लागि रोबर्टो फर्मिनोले दुई गोल गर्दा फिलिप कौटिन्हो र एम्रे च्यानले एक–एक गोल गरे । ब्राईटनका लेविस डङ्कले एक आत्मघाती गोल गरेका थिए ।

प्रिमियर लिग फुटबलमा वाट्फोर्डले टोटनह्याम हट्सपरलाई १–१ गोलको बराबरीमा रोक्दा एभर्टनले हडर्सफिल्ड टाउनलाई २–० ले हरायो ।

गएराति नैं लेष्टर सिटीले बर्न्लेलाई १–० ले हराँउदा स्टोक सिटीले स्वान्सी सिटीलाई २–१ ले पराजित गरेको छ । वेष्ट ब्रोम र क्रिष्टल प्यालेसले भने गोलरहित बराबरीमा चित्त बुझाए ।

प्रिमियर लिग फुटबलमा आज दुई खेल हुनेछन् । आज शीर्ष स्थानको म्यान्चेस्टर सिटीले वेष्ट ह्याम युनाईटेडसँग खेल्दा बर्नमाउथ र साउथह्याम्पटन भिड्नेछन् ।

Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...