Date Monday, 2018 Aug 20
Studio Time 04:20:00 NST
News »
खेलकुद
म्यान्चेस्टर युनाईटेडद्वारा वाट्फोर्ड पराजित, लेष्टर सिटीसँग हार्‍यो टोटनह्याम

काठमाडौं, मंसिर १३ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत मंगलबार राती भएका खेलमा म्यान्चेस्टर युनाईटेड र लेष्टर सिटी विजयी भएका छन् ।

तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडले वाट्फोर्डलाई उसैको मैदानमा ४÷२ ले हराएको हो ।

खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन आस्ले योङले दुई गोल गरे भने एन्टोनियो मार्टीयल र जेस्सी लिङ्गार्डले एक–एक गोल गरे । वाट्फोर्डका लागि ट्रोए डिनी र डोकोरेले एक एक गोल फर्काए ।

प्रिमियर लिगकै अर्को खेलमा लेष्टर सिटीले टोटनह्याम हट्सपरलाई २-१ ले हराएको छ ।

लेष्टर सिटीको मैदानमा घरेलु टोलीलाई विजयी गराउन जेमी भार्डी र रियाल माहारेजले एक–एक गोल गरे । टोटनह्यामका ह्यारी केनले एक गोल फर्काए ।

प्रिमियर लिग फुटबलमा ब्राईटन र क्रिष्टल प्यालेसले गोलरहित बराबरी खेल्दा वेष्ट ब्रोम र न्युकासल युनाईटेडले २/२ गोलको बराबरीमा चित्त बुझाएका छन् ।

प्रिमियर लिगमा आज राति ६ खेल हुनेछन् । शीर्ष स्थानको म्यान्चेस्टर सिटीले साउथह्याम्पटनसँग खेल्दा चेल्सी र स्वान्सी सिटी, आर्सनल र हडर्सफिल्ड टाउन तथा स्टोक सिटी र लिरभपुल भिड्नेछन् ।

Program Schedule
Radio Oprning 5.00PM - 12.00AM Bhasa Bhasika Songs 5.00PM - 5.10PM Limbu News 5.10PM - 5.20PM Add & Songs 5.20PM - 5.30PM Asako Badi 5.30PM - 6.00PM News : Tamor Halkhabar 6.00PM - 6.30PM View all
Dedicate A Song
Public Poll

Loading...