Date Tuesday, 2017 Dec 12
Studio Time 04:20:00 NST
News »
देश
दोस्रो चरणको निर्वाचनलाई लक्षित गर्दै जंगलमा ‘स्विप अप्रेसन’

काठमाडौं, मंसिर १३ । दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिदैं जाँदा मोरङका जंगल सुरक्षाकर्मीको निगरानीमा पर्न थालेका छन् ।

हातहतियार, बम एवं विस्फोटक पदार्थ लुकाएर राखेको आशंकामा विभिन्न स्थानका जंगलमा मंगलबारदेखि सुरक्षाकर्मीको संयुक्त टोलीले ‘स्विप’ अप्रेसन संचालन गर्न थालेको छ ।

अप्रेसनका लागि सेना, प्रहरी र सशस्त्रको संयुक्त टोली परिचालित छ । अप्रेसनमा प्रहरीका तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिएको छ । उच्च सुरक्षा स्रोतका अनुसार यही मंसिर २१ गतेको निर्वाचनलाई लक्षित गरी अप्रेसन संचालन गर्ने विषयमा सुरक्षा अधिकारीबीच विराटनगरमा छलफल भएको थियो । –अन्नपूर्ण पोस्ट दैनिकबाट

Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...