Date Tuesday, 2017 Dec 12
Studio Time 04:20:00 NST
News »
देश
उपत्यकामा एकैदिन १,९१५ चालक कारवाहीमा

काठमाडौं, मंसिर १२ । सोमबार सवारी नियम उल्लंघन गर्ने १,९१५ चालकलाई कारवाही गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ती सबैलाई सोमबार सवारी नियमसम्बन्धी विभिन्न कसुरमा दोषी पाइएपछि कारवाही गरिएको हो ।

महाशाखाका प्रहरी निरीक्षक दामोदर सिलवालका अनुसार मापसे गरी सवारी साधन चलाउने ७६ जनासहित कुल १,९१५ जना चालकलाई कारवाही गरिएको हो ।

ट्राफिक प्रहरीले पछिल्लो समय लेनअनुशासन उल्लंघन गर्ने, जथाभावी हर्न बजाउने चालकलाई समेत कारवाही गर्न थालेपछि दैनिक कारवाहीमा पर्ने चालकको संख्या सरदर १,५०० भन्दा माथि नै हुने गरेको छ ।

विगत २४ घण्टामा उपत्यकामा गम्भीर प्रकृतिका सवारी दुर्घटना नभएको महाशाखाले जनाएको छ ।

Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...