Date Tuesday, 2017 Dec 12
Studio Time 04:20:00 NST
News »
अन्तरास्ट्रिय
इन्डोनेसियामा ज्वालामुखीको खतरा, एक लाख मानिसलाई अन्यत्र सर्न चेतावनी

काठमाडौं, मंसिर १२ । इण्डोनेसियाको बाली द्वीपको माउन्ट आगुंगमा ज्वालामुखी फुट्ने खतरा बढेपछि त्यहाँका एक लाख मानिसलाई अन्यत्र जान चेतावनी दिइएको छ ।

इन्डोनेसियाको प्रशासनले बाली द्वीपमा उच्चस्तरीय चेतावनी दिँदै तत्काल आसपासको क्षेत्र खाली गर्न चेतावनी दिएको हो ।

प्रशासनले त्यहाँको विमानस्थल पनि बन्द गरिदिएको छ । जसका कारण कयौं यात्रु अलपत्र परेका छन् ।

माउन्ट आगुंगमा ३ हजार ४ सय मिटरको उचाईसम्म खरानी र धुँवाको मुस्लो फैलिएको छ ।

इन्डोनेसियाको राष्ट्रिय आपत प्रबन्ध बोर्डले माउन्ट आगुंगमा भएको ज्वालामुखीको आवाज १२ किलोमिटर परसम्म सुनिएको जनाएको छ ।

यहाँबाट सोमबार मात्रै ४० हजार मानिस अन्यत्र सरिसकेका छन् । इण्डोनेसियाको बाली एक प्रमुख पर्यटकीय स्थल हो ।

यद्यपि, ज्वालामुखीभन्दा यो क्षेत्र करिब ७० किलोमिटर टाढा पर्ने जनाइएको छ । ज्वालामुखीको घर मानिने इण्डोनेसियामा १३० ज्वालामुखी सक्रिय छन् ।

अन्तिमपटक माउन्ट आगुंग सन् १९६३ मा फुटेको थियो जसको कारण एक हजार जनाको मृत्यु भएको थियो ।(एजेन्सी)

Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...