Date Tuesday, 2017 Dec 12
Studio Time 04:20:00 NST
News »
देश
उपत्यकाका तीन जिल्लाबाट ९५ जना पक्राउ

 

काठमाडौं, मंसिर ६ । काठमाडौं उपत्यकाका तीन जिल्लाबाट विगत २४ घण्टामा ९५ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ ।

पक्राउ पर्नेमा शंकास्पद गतिविधिमा देखिएको, मापसे गरी झै–झगडामा संलग्न भएको, फरार सूचीमा रहेका लगायत छन् । पछिल्लो समय शान्ति सुरक्षाको स्थिति मजबुत बनाउन विशेष सक्रिय हुँदै आएको प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई मंगलबार नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार काठमाडौं जिल्लाबाट ७५ पुरुष र ३ महिला गरी जम्मा ७८ जना पक्राउ परेका छन् । त्यसैगरी ललितपुरबाट ७ पुरुष र ३ महिला गरी १० जना पक्राउ परेका छन् । भक्तपुरबाट ७ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...