Date Tuesday, 2017 Dec 12
Studio Time 04:20:00 NST
News »
मनोरञ्जन
क्रिस्टिनासँग ‘इकु’को डान्स, ‘फिर्के’को गीत रिलिज

 


‘इकु’को नामले परिचित बनेका कलाकार सुलेमान शंकरको प्रस्तुतीमा तयार भएको चलचित्र ‘फिर्के’को रोमान्टिक गीत रिलिज भएको छ । ‘चट्टै’ बोलको गीतमा रामच्नद्र काफ्ले र अन्जु पन्तले स्वर भरेका छन् ।

सुभाष भुषालको संगीत रहेको गीतमा लेखु सहयात्रीको शब्द छ । यो चलचित्रको रोमान्टिक गीतमा मुख्य कलाकार सुलेमानसँगै नव-कलाकार क्रिस्टिना पौडेलको नृत्य छ । कविराज गहतराज यो भिडियोको कोरियोग्राफर हुन् ।

चलचित्रलाई रवि डंगोलले निर्देशन गरेका हुन् । पौष १४ गतेबाट रिलिज हुने चलचित्रमा अर्पण थापा, ऋचा शर्मा, सुलेमान शंकर, क्रिस्टिना पौडेल, विष्णु सापकोटा, अर्जुन गुरुङ लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो चलचित्रका निर्माता ओमलाल गुरुङ र राजेश श्रेष्ठ हुन् । चलचित्रमा अष्ट महर्जनको एक्सन, मित्र डी गुरुङको सम्पादन, रामकुमार केसीको छायांकन छ । 

Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...