Date Monday, 2018 Aug 20
Studio Time 04:20:00 NST
News »
घटना - दुर्घटना
चिल ठोक्किएर नेपाल एयरलाइन्सको जहाज ‘ग्राउन्डेड’

 

काठमाडौं, मंसिर ४ । राष्ट्रिय ध्वजावाहकको अन्तर्राष्ट्रिय उडान गर्ने एउटा ठूलो जहाज चील ठोक्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ भएको छ ।

चिल ठोक्किएपछि जहाजको नाक (अगाडिको भाग)मा ठूलो क्षति पुगेको छ ।

भारतको नयाँदिल्लीबाट शनिबार मध्याह्न काठमाडौं आइपुगेको निगमको १ सय ५८ सिटयुक्त ‘ए३२०–२००’ सिरिजको जहाजमा चिल ठोक्किएको थियो ।

जहाजलाई क्याप्टेन श्रवण रिजालले कमान्ड गरेका थिए भने को–पाइलट भोगेन्द्र कठायत थिए । कलसाइन ‘९ एन–एकेएक्स’ र ‘लुम्बिनी’ नाम भएको यो जहाजमा १ सय ३५ यात्रु थिए । यो जहाज निगमले दुई वर्षअघि युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग खरिद गरेको थियो । –नागरिक दैनिकबाट 

Program Schedule
Radio Oprning 5.00PM - 12.00AM Bhasa Bhasika Songs 5.00PM - 5.10PM Limbu News 5.10PM - 5.20PM Add & Songs 5.20PM - 5.30PM Asako Badi 5.30PM - 6.00PM News : Tamor Halkhabar 6.00PM - 6.30PM View all
Dedicate A Song
Public Poll

Loading...