Date Monday, 2018 Jul 23
Studio Time 04:20:00 NST
News »
घटना - दुर्घटना
२४ घण्टामा उपत्यकामा १६ दुर्घटना

 

काठमाडौं, मंसिर ४ । काठमाडौं उपत्यकामा विगत २४ घण्टामा १६ वटा दुर्घटना भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक दामोदर सिलवालका अनुसार संख्यात्मक हिसाबले दुर्घटना बढी देखिए पनि ती दुर्घटनामा मानवीय क्षति भएको छैन ।

विगत २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ६ सय ५६ जना चालक कारवाहीमा परेका छन् । तीमध्ये मापसे गरी सवारी साधन चलाउने ७९ जना, लेन उल्लंघन गर्ने २ सय ३६ जना छन् ।

यसैबीच विगत २४ घण्टामा उपत्यकाबाट १०६ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालय प्रहरी निरीक्षक रामेश्वर चापागाइँले जानकारी दिए । चोरी, होहल्ला, शंकास्पद अवस्थामा रहेका र विभिन्न अभियोगमा फरार रहेकाहरु पक्राउ परेका हुन् ।

काठमाडौंबाट ८८, ललितपुरबाट १४ र भक्तपुरबाट ४ जनालाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक चापागाइँले जनाए । 

Program Schedule
News Sajhakhabar (CIN) 7.30PM - 8.00PM Add & Songs 8.00PM - 8.15PM BBC Nepali Sewa 8.45PM - 9.15PM Radio Off 10.00PM - 12.00AM Samjhanaka palharu 8.15PM - 8.45PM Maha Adalat (AFN) 9.15PM - 10.00PM View all
Dedicate A Song
Public Poll

Loading...